रजनीकान्तको ट्विटर एकाउण्ट ह्याक

244

वीरगञ्ज, साउन – अभिनेता रजनीकान्तको ट्विटर एकाउन्ट मंगलबार अपरान्त ह्याक भएको छ। रजनीको एकाउण्ड ह्याक भएको कुरा उनकी छोरी एश्वर्याले ट्विट गर्नै पुष्टि गरेकी हुन्।

ह्याक गरेपछि ह्याकले रजनीको आधिकारिक ट्विटरमा ‘रजनीकान्त हिट टु किल’ भनेर ट्विट गरेका थिए। त्यस्तै ह्याक भएपछि ह्याकरे रजनकान्तको ट्विटरबाट कमल हसन, आमिर खान, शाहरूख खान, कबालीका निर्देशख पि रन्जिथ तथा निर्माता कल्लाइ पुली एस थानुलाई फलो गरेका थिए।

ट्विटर कसले ह्याक गर्‍यो भन्नेबारेमा केहि पत्ता लागेको छैन्। सामाजिक संजालमा उत्ति सक्रिय नरहने रजनीकान्तले सन् २०१३मा ट्विटरमा जोडिएका हुन्। उनी ट्विटरमा जोडिने बित्तिके कीर्तिमानी संख्यामा उनलाई फ्लो गरिएको थियो।

हाल उनको ह्याक गरिएको एकाउण्ट ह्याण्ल पुन:स्थापित भइसकेको छ।