वोलपत्र लुटिए पछि बीउमनपाद्वारा टेण्डर रद्ध

942

वीरगन्ज, साउन – वीरगन्ज उपमहानगरपालिकाले मिना बजार क्मलेक्सको लागि आवहान गरेको बोलपत्र खारेज गरेको छ । बीरगंज उपमहानगरपालिकाले बुधवार साँझ एक सूचना प्रकाशीत गरि मिना बजार ठेक्कामा लगाउने सम्बन्धमा आव्हान गरेको टेण्डर रद्ध गरेको हो ।

बुधवार दिउसो १ बजे सम्म वोलपत्र बुझाउने अन्तिम समय तय थियो । वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले तोक लगाएका तीन वटा टेण्डर लिएर दर्ता शाखामा दर्ता गराउन गएका सरसफाई अधिकृत राज ताम्रकारको हातबाट एउटा टेण्डर लुटिए पछि उत्पन्न भएको परिस्थितिका कारण उपमहानगरपालिकाले टेण्डर खारेज गर्नु परेको हो । टेण्डर दर्तामा केही समस्या देखीयो वोलपत्रको खाम नै लुटिएकोले टेण्डर खारेज गरेको कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए ।

उनले कार्यालबाट भएको काममा काहा समस्या रह्यो त्यसको पनि छानविन भइरहेको बताए । उपमहानगरले बुधवार नै सरसफाई अधिकृत र दर्ता फाँटमा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले दिएको प्रतिवेदनका आधारमा पनि टेण्डर प्रक्रिया खारेज भएको हो । दर्ता टेवुलमा बोलपत्र दर्ता गर्ने क्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका नविन सिंहले स्नेहा ट्रेडर्स प्रा.ली.को नाममा रहेको शिलबन्दी वोलपत्र थुतेर भागेको सरसफाई अधिकृत ताम्रकारले बताए छन । सिंह ,दर्ता टेवल अगाडि रुमालले मुख छोपेर गएका थिए ।

सिंहले भने आफूले आफनो बोलपत्र दर्ता गराएको बताए । उनले मैले कसैको बोल पत्र थुतेको छैन आफूमाथि लगाइएको आरोप गलत भएको समेत उनले दावी गरे । बोलपत्र दर्ता गर्दा अवरोध सृजना भएपछि कार्यकारी अधिकृत कोइरालाले तोक लगाएर आफनै कर्मचारीलाई एक जना प्रहरी सहायक निरिक्षकको जिम्मा लगाएर दर्ता फाँटमा दर्ता गराउन पठाउदा बोलपत्र लुटिएको हो ।

सिंहले थुतेर लगेको भनिएको वोलपत्र नेपाल निर्माण ब्यवसायी संघ पर्साका अध्यक्ष रामाकान्त चौरसियाको कार्यालयमा पुगेको श्रोतले जनायो । बीरगंज उपमहानगरपालिकाले बिना बजार क्पलेक्स भाडामा लगाउनकालागि वािर्षक न्यूनतम ७१ लाख रुपैया भाडा तिर्ने गरि तीन वर्षकालागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो । स्नेहा ट्रेडर्स प्रालिले ९२ लाख रुपैया वार्षिक भाडा बुझाउने गरि वोलपत्र भरेको श्रोतले जनायो । स्नेहा टेर्डसको बोलपत्र दर्ता हुन नदिनकालागि कर्मचारीहरुको समेत मिलिभगत रहेको आरोप लागेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका एक पक्षका नेताको समेत मिलिभगतमा मिना बजार कम्पलेक्स भाडा लिन चाहनेहरुले वोलपत्र लुटेको स्रोत दावी छ ।