सुटिङ रोकेर दीपिकासँग बिजी सलमान

309

मुम्बई, साउन – केही दिनअघि एउटा विज्ञापनको सुटिङका लागि अभिनेता सलमान खान एउटा स्टुडियोमा पुगे । त्यहाँ सुटिङ सुरु भइसकेको थियो । बीचमा उनले थाहा पाए– अभिनेत्री दीपिका पादुकोण पनि त्यही स्टुडियोमा छिन् ।

त्यसपछि सलमान त्यहाँबाट तत्काल दीपिकालाई भेट्न पुगे । दीपिका पनि विज्ञापनको सुटिङमा व्यस्त थिइन् । तर, सलमानले त्यो सुटिङ चल्न दिएनन् । उनले दीपिकासँग कुरा गर्न थाले । यी दुईको कुरा दुई घन्टासम्म चल्यो ।

केही अघि एउटा अर्को कार्यक्रममा यी दुईको भेट भएको थियो । त्यसपछि उनीहरू नजिकिएको बलिउडमा चर्चा गर्न थालिएको छ । त्यसो त दीपिका र सलमानले अब एउटै फिल्ममा काम गर्ने कुरा पनि चर्चामा छ ।

सलमान मान्छन् अक्षयलाई सुल्तान

फिल्म ‘सुल्तान’ले बलिउडमा कैयौँ रेकर्ड राख्यो । फिल्मको सफलतापछि प्रशंसकले सलमानलाई नै ‘सुल्तान’ भन्न थाले । तर, सलमान आफूलाई ‘सुल्तान’ मान्दैनन् ।

आफू यसका लागि लायक नभएको उनले बताएका छन् । सलमानका अनुसार बलिउड अभिनेता अक्षय कुमार वास्तविक सुल्तान हुन् । अक्षयले प्रत्येक वर्षजसो तीन–चारवटा सफल फिल्म दिने भएकाले यो टाइटल उनलाई सुहाउने सलमानको बुझाइ छ ।

सलमानले आफूलाई सुल्तान भनेको थाहा पाएपछि अक्षय कुमारले आफूलाई खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो सुनेर मलाई खुसी लाग्यो, यसले सलमानको दिल ठूलो छ भन्ने प्रमाणित गर्छ ।’ त्यसपछि अक्षयले सलमानको फिल्मले राम्रो गरेकाले सलमान नै सुल्तान भएको बताए ।

उनीहरूको सम्बन्ध राम्रो भएकाले एक–अर्कालाई प्रशंसा गरिरहेको बलिउडमा चर्चा छ ।

नयाँ पत्रिका दैनिकमा सामाचार छ ।