मन्त्रिपरिषदको पहिलो बैठक : सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एकलाख रुपैयाँ दिने

128

काठमाडौं, साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पहिलो सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एकलाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले जानकारी दिए । त्यसैगरी सञ्चारमन्त्री नियुक्त नहुँदासम्म सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री महराले सम्हाल्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई निर्वाचित गराउने सबै सांसदहरुलाई धन्यवाद समेत दिएको छ ।

त्यसैगरी विभिन्न आन्दोलनका क्रममा सहिद भएकाको परिवार, बेपत्ता परिवार तथा घाइतेलाई विगतका सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री महराले जानकारी दिए ।

त्यसैगरी भूकम्पपीडितलार्इ पहिलाे किस्ताबापतकाे रकम ४५ दिनभित्र प्रदान गरिने भएकाे छ ।