वीरगंज उपमहानगरपालिकामा सवारीसाधन छ्याप्छ्याप्ती

109

वीरगंज, साउन – वीरगंज उपमहानगरपालिका कार्यालयमा गत आर्थिक वर्ष २०७२/७३मा ५ करोड रुपियाँको सवारीसाधन खरिद भएको छ । मेकानिकल इन्जिनियर मनोज कर्णका अनुसार गत आर्थिक वर्ष मात्रै वीरगंज उपमाहानागरपालिकाले लगभाग ५ करोड रुपियाँको सवारीसाधन खरिद गरेको छ ।

उनले वीरगंज उपमहानगरपालिकामा फोहर सड्ढलनका लागि ९ वटा टयाक्टर रहेकोमा आर्थिक वर्ष २०७२/७३ मा एडिबीको सहयोगमा २ थान र नेपाल सरकारको जगेडा कोष र वीरगंज उपमहानगरपालिकाको लगानीमा १३ वटा टयाक्टर खरिद भएको बताए ।

यसैगरी वीरगंज उपमहानगरपालिकाले नेपाल सरकारको जगेडा कोषबाट ९० प्रतिशत लगानी र आफ्नो १० प्रतिशत गरी रोड भ्याकुम स्वीपर मेसिन १ थान, टिपर २ थान, वारुणयन्त्र ठूलो १ थान, वारुणयन्त्र सानो १ थान, वाटर ट्याड्ढर १ थान, भेपर मरम्मत क्रेन १ थान, लोडर एट्याचमेन्ट (टयाक्टरको लागि) १ थान, एक्साभेटर १ थान खरिद भई प्रयोगमा रहेको मेकानिकल इन्जिनियर कर्णले बताए । उनले एडिबीको सहयोगमा कार्यकारी अधिकृतलाई परियोजना निरीक्षणको लागि ४२ लाखको १ थान गाडी उपलब्ध भएको जानकारी गराएका छन्।

यस अघि एडिबीले परियोजना निरीक्षणको लागि २ थान निशान कार र १ थान टाटासुमो उपलब्ध गराएको थियो । वीरगंज उपमहानगरपालिका सँग सवारीसाधनहरूको अभाव भएको कारण आर्थिक वर्ष २०७२/७३ मा आवश्यक सम्पूर्ण सवारीसाधनहरू खरिद भएको र आउँदो १० वर्षसम्म सम्भवत: सवारीसाधनहरू आवश्यक नपर्ने उनले बताए । यस अघि वीरगंज उपमहानगरपालिका सँग ९ थान टयाक्टर, २ थान वारुणयन्त्र, १ थान ट्रक, २ थान मिनी टिपर र एउटा टाटामोबाइल भ्यान थियो ।

यसैबीच नगर प्रहरीको लागि १ थान मिनी टयाक्टर खरिदको लागि टेन्डर आह्वान भइसकेको मेकानिकल इन्जिनियर कर्णले बताए ।

आजको प्रतीक दैनिकमा समाचार छ ।