वीरगन्जमा दिनदहाड़ै व्यवसायीको अपहरण

611
बुधबार दिउँसो वीरगन्जबाट अहपरणमा परेको भनिएका बारा निजगढका बस व्यवसायी राजु दोङ । तस्बिर : सौजन्य दोङका परिवार

वीरगन्ज, साउन – वीरगन्जमा आज एक बस व्यवसायी अपहरणमा परेका छन् । बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर घर भएका बस व्यसायी ३८ वर्षिय राजु दोङ वीरगन्जको नयाँ बसपार्कबाट बुधबार दिउँसो अपहरणमा परेको उनका आफन्तले बताएका छन् ।

वीरगन्ज निजगढ सडकखण्डमा चल्ने ना ६ ख ४१ २८ नम्बरको बसका धनी दोङ बुधबार दिउँसो साढे १२ बजे तिर बसपार्कबाट गितारको तार किन्न बजार गएको बेला नै अपहरणमा परेको उनका चालक अम्बर थिङले बताए । साहुजी र मैले होटलमा संगै खाना खायौं, त्यसपछि उहा गितारको तार किन्न बजार जानु भयो , चालक थिङले भने ,दिनभरि कुरेपनि उहा फर्कनु भएन ,क्युको समय भएपछि म गाडी लिएर निजगढ तर्फ लागे ।

बुधबार साढे १२ बजे देखि सम्पर्क बिहिन भएका बस धनी दोङले बुधबार दिउँसो साढे एक बजे तिर आफनो ९८१६२४६६५१ नम्बरको मोबाइलबाट तनहुको डुम्रेमा रहेका छोरा नवीनलाइ फोन गरेर आफु अहपरणमा परेको खबर गरेको दोङकी पत्नि दिलमायाले बताइन् ।

म अपहरणमा परे , ३० लाख फिरौती मागेका छन् , दोङको भनाइ उधृत गर्दै उनका छोरा नवीनले भने ,अब भेट नहुन पनि सक्छ । छोरालाइ फोन आएपछि दोङको मोबाइल स्वीच अफ भएको पत्नि दिलमायाले बताइन् । मोबाइल पनि स्वीच अफ छ , आफन्त नातागोता सबै तिर सोधीखोजी गर्दा पनि केहि पत्तो लाग्न सकेको छैन , उनले भनिन् ।

दोङ अपहरणमा परेपछि उनका आफन्तले बिहिबार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीलाइ भेटेर घटनाका बारेमा जानकारी गराएका छन् । प्रहरी नायव उपरिक्षक बोगटीले दोङका आफन्तले घटनाका बारेमा बिहिबार मात्र जानकारी गराएको बताए । दोङको खोजतलाशका लागि प्रहरी गम्भिर रुपमा लागेको छ , उनले भने ,‘ मोबाइल ट्रयास गरिरहेका छौ, दोङको अवस्था छिटटै पत्ता लाग्छ ।

अन्नपुर्ण पोस्ट बाट ।