नेविसंघमा चुनावी चहल–पहल बढ्यो

84

काठमाण्डौ, साउन-

नेपाल विद्यार्थी संघको ११ औं अधिवेशन नजिकिदै गर्दा चुनावी चहल–पहल व्यापक बढेको छ ।

जिल्ला–जिल्लाबाट प्रतिनिधिहरु समेत राजधानी आउने क्रम सुरु भएपछि प्रतिनिधि फकाउन उम्मेदवारहरुको दौडधूप पनि बाक्लै बनेको छ ।
अधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेसकै अगुवाईमा गठित निर्देशन समितीले विधान पारित गरिसकेकाले अझ अघिवेशनको चहल–पहल व्यापक बढेको हो । ‘६४ जिल्लाको प्रतिनिधि विवाद टुंगिएको छ,’ ‘११ जिल्लामा केही नमिलेको अवस्था थियो, त्यो पनि हामीले पार्टीलाई यस्तो समस्या हो, भनेर बुझाएका छौँ, त्यसैले अब अधिवेशन हुने निश्चित भएको छ’ एक विद्यार्थी नेताले बताए ।

‘नियमित अधिवेशन भएको भए अहिलेसम्म १२ जना अध्यक्षको जिम्मेवारी पूरा हुने थियो । अहिले नवौँ पटक महाधिवेशन मिति घोषणा भएको छ । अब यो महाधिवशेनको उद्घाटन र बन्दशत्र मात्र होइन, निर्वाचनबाटै नेतृत्व छनोट हुनुपर्छ ।’ विद्यार्थी नेताहरु बताउँछन् ।

अहिले ६० प्रतिशत प्रतिनिधि राजधानी आइपुगेको अवस्था छन् भने तीन हजारलाई बस्ने र करिब ३५ सयलाई बिहान–बेलुकाको खाना खुवाउने व्यवस्था गरिसकेका छन् ।

विभिन्न माग राख्दै अनशनमा बसेकाहरुलाई पनि मिलाएर अधिवेशनमा जाने तयारी गरिएको बताइएको छ । नेविसंघ भित्र आफ्नो पक्षले बाजी मार्ने भन्दै पार्टी नेताहरु पनि विभाजित भएका छन् । आ–आफ्नो समूहको टिकट वितरणदेखि आफ्नो समूहलाई चुनाव जिताउने कसरतमा उनीहरु लागेका छन् ।

अब संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् ।

त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ । त्यस्तै एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।