पत्रकारको योग्यता परीक्षण गर्ने प्रेस काउन्सिलद्वारा तयारी

151

काठमाडौं, साउन –

प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ ।
काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की समक्ष पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन शुक्रबार प्रस्तुत गरिएको छ ।

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा रामकृष्ण तिमल्सेना संयोजक तथा रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभाग प्रमुख डा कुन्दन अर्याल, पत्रकार गुणराज लुइँटेल र सचिवमा काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल रहेको कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमाथि सञ्चार विज्ञको सुझावका आधारमा पत्रकारका योग्यता परीक्षण गर्ने तयारी गरिएको हो ।

प्रतिवेदनमा पत्रकारको योग्यता तोक्नुपर्ने औचित्य, पत्रकारको योग्यताबारे विभिन्न देशको प्रावधान, परीक्षणको किसिम, परीक्षण कार्यविधि, योग्यता, पाठ्यक्रमको उद्देश्य र पाठ्यक्रमको ढाँचाबारे उल्लेख छ ।