बिद्यार्थी र जिशिअवीचको वार्ता निष्कर्षविहिन

483

वीरगंज – संयूक्त विद्यार्थी सञ्जाल समिती पर्सा र जिल्ला शिक्षा अधिकारी वीचको वार्ता निष्कर्षविहिन टुङ्गीएको छ । वार्ताबाट केहि निकास निस्कन नसकेको भन्दै जिल्ला शिक्षा अधिकारीको कक्ष र लेखा फाँटमा लागेको तालाबन्दी अझै कायम छ ।

सञ्जालको माग प्रती जिल्ला शिक्षा अधिकारी रामबिनय सिंह गम्भीर नभई अझै आलटाल गरीरहेको भन्दै विद्यार्थीहरु वार्ता स्थल बाट निस्किएका थिए । ‘वार्ताको बहानामा बोलाएर आलटाल गर्न थालेपछि हामी बाहिरीएका हो,’ सञ्जालका संयोजक तथा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रभाकर गुप्ताले भने,– ‘अबउहाँले स्पष्ट धारणा बनाइसकेपछि मात्र वार्तामा बस्ने निर्णय गरेका छौ । ’वार्ताको नाममा अनावश्यक कुराकानी गर्नुको कुनै औचित्य नरहेको उनले बताए ।

जिल्ला शिक्षा अधिकारी सिंहका अनुसार निजी बिद्यालयका सञ्चालकहरुले जिल्ला शिक्षा कार्यालयको निर्देशनलाई बेवास्ता गरेकाले बिवरण उपलव्ध गराउन नसकिएको बताए । ‘हामीले विवरण मागेकै थियौ तर कसैले दिएन,’उनले भने– ‘हामीलाई अझै समय चाहिन्छ ।’शिक्षक युनियनका पर्सा अध्यक्ष रामचन्द्र पंडितले पनि निजी बिद्यालयका सञ्चालकहरुको दादागीरी बढेको बताए । ‘निजी बिद्यालयहरु का कारण नैजिल्लाको शिक्षामा बिकृती फैलिएको छ,’वार्तामा सहभागी पंडितले भने – ‘सञ्जालले उठाएको मुद्दामा हामीपनि साथ दिन तयार छौ ।’

जिल्लामा देखिएका शिक्षा सम्बन्धि समस्या प्रती जिल्ला अधिकारी सिंहले चासो नेवि संघका नेता बिश्वास द्विवेदीले बताए । ‘हामी जहिले आउँदापनि एउटै कुरा सुनाउछन् ’उनले भने– ‘यसले नै उनको गाम्भियर्ता प्रष्ट पार्छ ।’जिल्ला शिक्षा अधिकारी सिंह आफ्नो अधिकारको प्रयोग गर्न डराईरहेको सञ्जालका सदस्य तथा समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले बताए ।

‘यति दिनभित्र एउटा बिद्यालयको पनि बिवरण दिन नसक्ने शिक्षा अधिकारी बाट के अपेक्षागर्ने ?’उनले थपे– ‘यस्ता जिशिअले जिल्लाको शिक्षाको स्तर उकास्नै सक्दैनन् ।’जिल्ला शिक्षा अधिकारीले विवरण दिन नसके सञ्जालले आफ्नै तरीकाले विवरण संकलनगर्ने सञ्जालका सदस्यतथा अनेरास्ववियूका पर्सा अध्यक्ष रामबाबु यादवले बताए ।

सञ्जालका सदस्यतथा समाजवादी विद्यार्थी संघ पर्साका अध्यक्ष मधुसुधन चौरसीयाका अनुसार जिल्ला शिक्षा अधिकारी बिद्यार्थीहरुले उठाएको मागलाई पुरा हुननदिने खेलमालागेका छन् । नयाँ शक्ति बिद्यार्थी संघका केन्द्रिय सदस्य कुन्दन गुप्ताले निजी बिद्यालयहरुले जिल्ला शिक्षा कार्यालयको निर्देशन अटेर गरेर शिक्षामा एकाधिकार कायमगर्न खोजेको बताए । बारम्बार ताकेतागर्दा पनि जिल्लाका निजी बिद्यालयहरुको बिवरण उपलव्ध नगराएको भन्दै सञ्जालले बिहिवार जिल्ला शिक्षाकार्यालय पर्साका प्रमुखको कक्ष र लेखाफाँटमा तालाबन्दी गरेको थियो छ ।