मन्त्रिपरिषद् बैठकद्वारा १४ जना राजदूत फिर्ता

101

वीरगञ्ज, साउन-

आज बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले राजनीतिक नियुक्तिबाट विभिन्न देशका लागि प्रस्तावित १४ जना राजदूतहरुको नाम फिर्ता लिएको छ ।

संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित राजदूतहरुको सुनुवाई शुरु भइसके पनि सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याएको हो । अन्य ८ जना सहसचिवको भने प्रक्रिया अघि बढ्ने बताइएको छ ।

केपी ओली सरकारले गत वैशाख ७ गते १४ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको थियो । यसरी प्रस्तावित नाममा एमालेबाट ६ जना, माओवादी केन्द्रका तर्फबाट ४, राप्रपा २ र राप्रपा तथा फोरम लोकतान्त्रिकबाट एक/जनाको नाम प्रस्ताव गरिएको थियो ।