युनिलिभरका मजदुरहरु आन्दोलित, सहमति पालना गर्न आग्रह गर्दा कर्मचारी निलम्बित

102

मकवानपुर, साउन – मकवानपुरमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभरका ७ जना कर्मचारी निलम्बनको फुकुवा माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

उद्योगमा कार्यरत कर्मचारीहरुको २०७२ साल पुष २३ गते सामुहिक मागदाबी गरी गत जेठ १६ गते माग दाबी पुरा गर्ने भएको सम्भौता कार्यान्वयन गर्न आग्रह गर्दा ७ जना निलम्बनमा परेको भन्दै प्रशासन पुगेका हुन् । भएको सहमति पालना गर्न आग्रह गर्दा निलम्बनमा परेको भन्दै निलम्बन फुकुवा गराउन अन्तर्राष्ट्रिय ट्रेड युनियन नेपाल आबद्ध जिल्ला परीषदको नेतृत्वमा उनीहरु आज जिल्ला प्रशासन कार्यालय समेत पुगेका छन् ।

परीषदका संयोजक कुमार पौडेलले प्रमुख जिल्ला अधिकारी मानबहादुर बिश्वकर्मालाई ज्ञापन पत्र बुझाई बिगतमा भएको सहमति कार्यान्वयन गराई निलम्बन फुकुवा गराउन पहल गरीदिन आग्रह समेत गरेका छन् ।