वीरगञ्ज, साउन –

आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीको बिदाई गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणमा नेपालले नेदरल्याण्ड्सँग दुई खेल खेल्नेछ । नेदरल्याण्ड्सको घरेलु मैदानमा हुने खेल आगामी साउन २९ र ३१ गते हुनेछ ।

नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ । नेपालको अंकतालिकामा ४ अंक छ । यसलाई सन् २०१९ को विश्वकपको पहिलो छनौट चरणका रुपमा समेत हेरिएको छ ।