सात बुँदे माग राख्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र

103

मकवानपुर, साउन – सरकारले लालपुर्जा मात्र भएका भूकम्प पीडितलाई अनुदान रकमको सम्झौता गर्ने नीति ल्याएको भन्दै समितीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।

स्थानीयहरुद्वारा ज्ञापन पत्र पेश पूर्वी मकवानपुरको छतिवनका स्थानीय राजनीतिक दलका नेताहरु सम्मिलीत सर्वदलीय संयन्त्रले ७ बुँदे माग राख्दै जिप्रका मकवानपुरमा ज्ञापनपत्र बुझाएका हुन् । संयन्त्रको मागहरुमा विभिन्न कारणले छुट हुन गएको वास्तविक पीडितको पुनः दर्ता हुनुपर्ने, रातोकार्ड पाएर पनि हाल सुचिमा नरहेकालाई पुनः सामेल गर्नुपर्ने, बैकल्पिक ब्यवस्था गरिनुपर्ने, प्राविधिक टोलीद्वारा अवलोकन निरीक्षण हुँदा छुटेकाहरुलाई सेतोकार्डको ब्यवस्था हुनुपर्ने, आंशिक क्षति भएकालाई पनि मर्मतको लागि रकम विनियोजन गर्नुपर्ने तथा पूर्ण रुपमा ध्वस्त भएका घर गोठको मुल्याङन गरि सोहि आधारमा अनुदान दिनुपर्ने माग राखिएको बताइएको छ ।

ज्ञापनपत्र बुझाउन स्थानीय राजनीतिक दलका नेताहरु लगाएतका स्थानीय समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।