सुनको मूल्य बढ्यो

213

वीरगंज साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य बढेको छ। सुन ३ सय र चाँदी प्रतितोला  ५ रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँ रहेको सुन शुक्रबार ५९ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै ९ सय ५ रुपैयाँ प्रतितोला रहेको चाँदी ९ सय १० रुपैयाँ पुगेको छ।