हार्न पनि सक्दछिन क्लिन्टन

    200

    वासिंटन – अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको लागि उमेदवार बनेर हिलारी क्लिन्टनले एउटा इतिहास रचेकी छिन ।

    अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो महिला हुन् । तर राष्ट्रपति बन्ने समयसम्म उनको यात्रामा कयौ बाधा रहेका छन् ।

    हालै भएको भोटिङका अनुसार हिलारी महिला तथा अल्पसंख्यक मतदाताबीच लोकप्रिय छिन् ।

    यसले उनको चुनावी मैदानमा सहयोग गर्ने देखिएको छ । तर, चुनावै जित्ने भन्ने अहिले सम्म ग्यारेन्टि भने छैन।

    १. ट्रम्पसँगको भिडन्त
    हिलारीको सामुन्ने कडा प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प छन् । उनको सन्देश स्पस्ट छ , अमेरिकालाई फेरी महान बनाउँने ।
    हिलारी क्लिन्टनका समर्थक भन्छन् हिलारीमा अनुभव एवं योग्यता छ । तर बाँकी मानिसको प्रमुख प्रश्न जवाफदेहिता रहेको छ ।

    २. हिलारी क्लिन्टन तथा विवाद

    डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा मानिसहरुले उनको समर्थन गरे । तर पूरै अमेरिकामा उनको उमेदवारीको पक्षमा नागरिकहरु छैनन् । उनीहरु क्लिन्टनलाई रुचाउँदैनन् । हिलारीलाई इमेल तथा लीविया विवादका कारण केही अमेरिकी मतदाताले विश्वास गर्ने गरेका छैनन् ।

    ३.इतिहास

    परम्परा पनि हिलारी क्लिन्टनको पक्षमा देखिएको छैन । अमेरिकाको इतिहासमा कुनै पनि पार्टी लगातार तेस्रोपटक राष्ट्रपति निर्वाचनमा सफल नभएको बताइएको छ । यस्तै अन्तिम पटक सन् १९८८ मा भएको थियो । रिपब्लिकनले तेस्रोपटक जीत निकालेको थियो । र, जर्ज डब्ल्यू बुश राष्ट्रपति बनेका थिए ।