ओबामाकी छोरी बनिन् ‘वेटर’

    240

    वाशिंटन – अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशाले अमेरिकाको सामुद्रिक खाना पाइने रेस्टुराँमा वेटरको काम गर्न थालेकी छन्। १५ वर्षीया सााले गृष्मकालीन समयमा खाना पस्किने काममा लागेकी हुन्।

    उनी मरथा विनयार्ड, मैसाचुसेट्समा यो कामको जिम्मेवारी लिएको समाचार बीबीसे जनाउको छ। साशाले यो काम सुरु गरेसँगै अमेरिकाको ह्वाइट हाउसमा बस्नेहरुको जीवनमा परिवर्तन देखिएको छ।

    साशाले आफ्नो नाम परिवर्तन गरेर नताशा राखेकी छन्। यस्तै बोस्टन हेराल्डको रिपोर्ट अनुसार साशाले काम गर्ने बेलामा पनि ६ वटा सेक्रेटरी राखेका छिन्। उनी निलो रंगको सर्टमा टोपी लगाएर रेस्टुरेन्टमा पर्यटकलाई सेवा गरिरहेको तस्बिर समेत सार्वजनिक भएको छ।

    यो शहरको गर्मीले ओबामालाई निक्कै सुन्दर ठाउँ दिएको छ जसले गर्दा उसको छोरी साशालाई कामको राम्रो अवसर मिलेको छ।

    उनीसँगै काम गर्ने एक स्टाफले भनेका छन्, ‘उनी टल काम गरिरहेकी थिइन्. उनको सुरक्षा कम्तिमा पनि ६ जना सुरक्षाकर्मीहरु रहेका थिए। हामी एक छिन त झस्किसयौ तर पछि थाहा भयो की यो अरु कोही नभएर राष्ट्रपतिकै छोरी साशा हुन।’

    ह्वाइट हाउसले यसबारेमा केही प्रतिक्रिया दिएको छैन तर ओबामाकी पत्नी मिचेलले भने उनी आफ्नो दुवै छोरीलाई उक्त रेस्टुराँमा काम गर्ने वातावरण मिलाइरहेकी बताइएको छ।

    हेराइको दृष्टिकोणले यो रेस्टुरेन्ट निक्कै सफा र उत्कृष्ट छ जहाँ साशाले काम गरिरहेकी छिन्। उनी काम गर्ने रेष्टुरेन्ट आफ्नो पिता अमेरिकी राष्ट्रपति ओबामाबाट उद्घाटन गराउन चाहन्छिन्।