नेप्से ९४.१६ अंकले घटदा रकम १८.२८ प्रतिशत कमी

619

काठमाडौं – यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५२ कम्पनीहरुको कारोबार भएको छ । ३६ हजार तीन सय ९० कारोबारबाट सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरका एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

साताभरको कारोबारमा कारोबार रकम गत साता भन्दा १८.२८ प्रतिशत कम हो । गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । ४२ हजार ७ सय २० कारोबारबाट नौ अर्ब ५४ करोड ३९ लाख ३५ हजार रुपैयाँ बराबरका दुई करोड ५७ लाख छ हजार आठ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९४.१६ अंकले घटेर अन्तिम दिन १७६८.६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.१० अंकले घटेर ३८०.९५ अंकमा आईपुगेको छ ।

सातामा कारोबार रकम ( ४८ करोड ७२ लाख ४० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लि. अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या (३० लाख ९१ हजार कित्ता) को आधारमा लक्ष्मी भ्याल्यु फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२०६९ वटा) को आधारमा प्राइम कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।