नेविसंघको महाधिवेशनका कारण मन्त्री छान्न भ्याइन – देउवा

174

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका कारण मन्त्री छान्न नसकेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा देउवाले नेविसंघको महाधिवेशनपछि मात्र मन्त्रीहरुको टुँगो लगाउने बताएका हुन् ।

बुढानिलकण्ठस्थित देउवा निवासमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारकोकाँधमा धेरै जिम्मेवारी रहेको भन्दै चांडो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने बताएकाे प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए ।

जवाफमा सभापति देउवाले अहिले माहिवेशनका कारण आफु व्यस्त रहेको बताउँदै महाधिवेशनपछि ढिला नगरी मन्त्रीको सूची उपलब्ध गराउने बताएका थिए ।