मन्त्री मण्डल विस्तारबारे प्रचण्ड–देउवा एकाबिहानै छलफल

214

काठमाडौं, – सरकार सञ्चालनकाबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेटमा मन्त्रीपरिषद् बिस्तारबारे छलफल भएको बताइएको छ । सरकारका कामलाई प्रभावकारी बनाउने र मधेशी मोर्चासँगको सहमति कार्यान्वयनका विषयमा पनि गम्भीर कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेसका सभापति देउवाबीच बिहान भेटवार्ता भएको हो । देउवासँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड शनिवार विहानै बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

भेटमा सरकारका कामकारवाहीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।