वीरगञ्ज, साउन

नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्डमा समस्या आएको छ । आधा घण्टाको सफ्टवेयर अपटेडको काम सफल नहुँदा रिचार्जमा समस्या देखिएको र समाधानका लागि अझै केहि समय लाग्न सक्ने टेलिकमका कर्मचारीले बताएका छन् ।

१ करोड ४७ लाख भन्दा बढी ग्राहकको नम्बर अपडेट गर्दा समय लागेको हो । ग्राहकले भोग्नुपरेको समस्याका सम्वन्धमा टेलिकमले पनि अनुभुति गरेको भन्दै जतिसक्दो चाँडो समस्या समाधान गर्न लागिपरेको बताए ।