कक्षा १२ को नतिजा छिटै निकाल्ने तयारी

226

काठमाडौं, साउन –

राष्ट्रिय परीक्षा बोर्डले २०७३ सालको कक्षा १२ को नतीजा छिटै निकाल्ने तयारी गरेको छ ।
विज्ञान संकायको नतिजा यही साउनको अन्तिममा तथा अन्य संकायको भदौ १५ भित्रै नतिजा सार्वजनीक गर्ने तयारी भइरहेको छ राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले भने ।

एस.एल.सी. को नतीजा ग्रेडिङ प्रणलीबाट सार्वजनीक भएपनि कक्षा १२ को नतिजा भने गत वर्षहरूझैँ नम्बर प्रणालीबाटै हुनेछ । वैशाख २० गतेबाट सुरु भएको कक्षा १२ को परीक्षा बैशाख ३१ सम्म चलेको थियो ।