नेविसंघको बन्दशत्र स्थगन

212

काठमाडौं, साउन –

नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ अधिवेशनको बन्दशत्र स्थगन भएको छ । आजबाट बन्दशत्र सुरु हुने भनिए पनि प्राविधिक कारण देखाउदै बन्दशत्र स्थगन गरेपछि महाधिवेशन नै नहुने हो कि भन्ने खतरा देखिएको छ ।

मंगलबारसम्मका लागि बन्दशत्र स्थगन गरेपछि प्रतिनिधिहरु बन्दशत्र सुचारु गर्नु पर्ने भन्दै नारावाजीमा उत्रिएका छन् । महाधिवेशनका लागि सोमबार हुने भनिएको बन्दसत्र स्थगन भएको छ । विज्ञप्ति नै जारी गरेर केही जिल्ला र क्याम्पसहरुको प्रतिनिधिमा देखिएको प्राविधिक समस्याका कारण स्थगन भई मंगलबार दिँउसो २ बजेबाट बन्दशत्र सुरु हुने जानकारी दिइएको छ ।

विज्ञप्तिमा मंगलबार बिहान ८ बजेदेखि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुले पार्टी कार्यालय सानेपाबाट प्रतिनिधि कार्ड लिइसक्नु पर्ने उल्लेख गरिएको छ । तर, अहिलेसम्म कुन जिल्लाबाट कति प्रतिनिधि भन्ने कुनै टुंगो छैन । त्यसले पनि थप समस्या हुने देखिएको छ ।