सम्पर्कविहिन रहेको फिस्टेलको हेलिकोप्टर दुर्घटना

129

काठमाडौं, साउन –

काठमाडौं बिमानस्थल आउन १६ किलोमिटर बाँकी रह्दा सम्पर्कविहीन भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।

सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन पुगेको फिस्टेल एयरको अल्फा किलो अल्फा नाइनएन एकेए साइन भएको हेलिकप्टर गोर्खा पुगेको थियो । हेलिकप्टरमा एक बालकसहित ५ यात्रु थिए । हेलिकप्टर १२ बजेर २२ मिनेटदेखि सम्पर्कबिहीन भएको थियो ।