आमरण अनशन तोडे नेविसंघ नेताले

201

काठमाडौं, साउन

महाधिवेशन हुनुपर्ने माग गर्दै आन्दोलन थालेका नेविसंघका नेताहरुले बुधबार अनशन तोडेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले जुस पिलाएर अनशन तोडाएका हुन् । महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व भागबन्डाको आधारमा छनौट गरिएको भन्दै गणेश सापकोटा र रत्नहरी ढुंगेल आमरण अनशनमा बसेका थिए । उनीहरुको अवस्था नाजुक भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिनिधि विवाद मिलेपछि उनीहरुले अनशन तोडेका नेविसंघ नेताले जानकारी दिए । नेतृत्व विवाद भएका जिल्लाहरुमा छानविन गर्ने र आवश्यक देखिए खालि गर्ने सहमति भएको छ ।