पूर्वमहामन्त्री जितेन्द्र सोनलको घटुवा

596

काठमाडौं, साउन-

तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनले महामन्त्री जितेन्द्र सोनललाई केन्द्रिय सदस्यमा घटुवा गरेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीले महाधिवेशन सकिएको ४८ दिनपछि केन्द्रीय समिति गठन गरेको छ ।
तमलोपाको पहिलो महाधिवेशन असार ६ देखि ९ नवलपरासीमा भएको थियो । अध्यक्षमा महन्थ ठाकुर सर्वसम्मत चयन भएका थिए । वरिष्ठ उपाध्यक्षमा ह्दयेश त्रिपाठी छन् भने उपाध्यक्षमा सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल छन् । त्यस्तै महामन्त्रीमा बृजेशकुमार गुप्ता र जंगीलाल राय छन् । अनिता यादव कोषाध्यक्ष, जयप्रकाश ठाकुर र राजेश मिश्र सहमहामन्त्री छन् ।