ढुंगा र धान तस्करीले सडक जीर्ण

743

वीरगन्ज–सीमावर्ती ग्रामीण नाकाबाट भइरहेको ढुंगा र धान तस्करीले गाउ“का कच्ची सडक जीर्ण बनेका छन् । रातको समयमा नेपाल तर्फबाट गिट्टी ढुंगा र भारततर्फ बाट धान तस्करी हुने गरेको छ । वर्षातको समयमा कच्ची सडकमा ढुंगा र धान बोकेका ट्याक्टर ओहोरदोहोर गर्दा सडक जीर्ण बनेका हुन् । सीमास“ग जोडिएका सडकमा थुप्रै खाल्डा खुल्डी बनेका छन् । सामान्य पानी पर्दा साइकल चलाउन पनि कठिनाई हुने गरेको स्थानीयको गुनासो छ । एक गाउ“बाट अर्को गाउ“मा जा“दा खेतको आली प्रयोग गर्ने बाध्यता छ । 13951070_1452274721456487_2144689975_oतस्करीका कारण बाटो जीर्ण हु“दा गाउ“मा एम्बुलेन्स आउन पनि समस्या छ । गाउ“मा रहेको स्वास्थ्य चौकी पानी परेको बेला बन्द रहने गरेको छ । वीरगन्जको भिस्वाबाट दिनहु“ आवतजावत गर्ने अहेव रामेश्वर रामका अनुसार ट्याक्टरले बिगारेको बाटो पानी पर्दा पोखरीमा परिणत हुने गरेको छ ।
‘हिलाम्मे चिप्लो बाटोमा पैदल हि“ड्न पनि हम्मे पर्छ,’ उनले भने । तस्करी नियन्त्रणका लागि स्थानीय प्रहरी चौकी इन्चार्जलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएको जयमंगलापुरका वासिन्दाले गुनासो पोखेका छन् ।
सम्वद्ध कारोबारीका अनुसार एक ट्याक्टर ढुंगा सीमा पारि पु¥याउ“दा ६ हजार रुपैया“ आम्दानी हुने गरेको छ । ‘भारतबाट एक क्वीन्टल धान नेपाल भित्र्याउ“दा ५ सय रुपैया“ फाइदा हुन्छ,’ ती कारोबारीले भने, ‘एक ट्याक्टरमा करिब ९० क्वीन्टल धान लोड हुन्छ ।’ गत वर्षदेखि भारतले नेपालमा धान निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा भन्दा भारतमा धान सस्तो पर्ने हुनाले कारोबारीले ग्रामीण नाकाबाट धान भित्र्याउन थालेका हुन् । सरकारले मल, बीउ र इन्धनमा अनुदान उपलब्ध गराउने भएकाले भारतीय उत्पादन नेपाली धानको तुलनामा सस्तो पर्ने गरेको छ । स्थानीय सुवोध कुमार सिंहका अनुसार दुबै तर्फको नाकामा दिउ“सो ढ्ुंगा र धान लोड गरिएका ट्याक्टर तैयारी अवस्थामा राखिन्छ । 14002381_1452274274789865_511228645_o‘सा“झ परेपछि धानको ट्याक्टर नेपाली नम्बर प्लेट भएको इन्जनले पारिबाट नेपाल भित्र्याछन्,’ उनले भने, ‘यता रोकिएका ढुंगा लोड गरिएको ट्याक्टर भारतीय नम्बर प्लेट भएको इन्जनले पारि लिएर जान्छन् । नाकामा सीमा प्रहरी चौकी स्थापना भएपनि कुनै अवरोध हु“दैन् ।’ ग्रामीण चौकीका प्रहरीलाई अहिले धान र ढ्ंगा तस्करीबाट आउने अतिरिक्त कमाई आकर्षक बन्दै गएको उनले दाबी गरे । पर्साको भिस्वा, सम्भौता, बु“डगाई, जानकीटोला नाकाबाट रातको समयमा अवैध कारोबार मौलाएको स्थानीयले जनाएका छन् । कच्ची बाटोमा रातभरि ओभर लोड ट्याक्टरको आवतजावतले भिस्वाबाट जयमगंलापुर, सम्भौता, बु“डगाईको सडक खाल्डा खुल्डीले भरिएका छन् । वर्षेनि सडक मर्मत सम्भारका लागि बजेट निकासा भएपनि वर्षातमा अवैध कारोबारले बाटो बिगार्ने गरेको उनले बताए । कयौ“ पटक ट्याक्टर हिलोमा अड्किन्छन्, सिंहले भने, हिलो पछ्याउन २÷३ जना सहयोगी हातमा कोदालो लिएर तैनाथ गरिएका हुन्छन् ।
जिल्ला विकास समितिले गत असार दोस्रो सातादेखि खोलाबाट नदीजन्य वस्तु उत्खनन्मा प्रतिबन्ध लगाएको थियो । ‘कारोबारीले ग्रामीण क्ष्ँेत्रमा अवैध उत्खनन् जारी राखेका छन्,’ झल्मैयाका अच्छेलाल यादव भन्छन्, ‘प्रतिबन्ध लगाउन अगाडि नै ठूलो परिमाणमा उत्खनन् गरि भण्डारण गरिएका ढुंगा÷गिट्टी अहिले भारत पठाउने गरेका छन् ।’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्ष्ँक होबिन्द्र बोगटीले ढुंगा बोकेको थुप्रै ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिविस पठाउने गरिएको बताए । ‘ढुंगा बोकेको ट्याक्टरले बाटो बिगारेको गुनासो हामीलाई पनि आएको छ,’ उनले भने, ‘नाकामा तैनाथ प्रहरीमाथि निगरानी बढाउ“छौ“ ।’