फोटोसम्बन्धी एक दिने आधारभूत तालिम

362

वीरगञ्ज, साउन – प्रतीक दैनिकले ३० औं वार्षिकोत्सवको अवसरमा विपिसीमा अध्ययनरत विद्यार्थीहरुलाई फोटोसम्बन्धी एक दिने आधारभूत तालिम आयोजना गरेको छ । प्रतीकमा कार्यरत फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक दैनिकले स्थापना गरेको सुबोध स्मृति पत्रकारिता पुरस्कारका लागि विद्यार्थी तहबाट पनि योग्य फोटोपत्रकार उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय फोटोपत्रकार समूह पर्साको सहयोगमा एकदिने आधारभूत तालिम आयोजना गरिएको हो ।

प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले विद्यार्थीहरुलाई फोटो पत्रकारितातर्पm आकर्षित गर्न तालिम आयोजना गरेको बताउँदै बिना कुनै तनावमा निर्धक्क फोटो खिंचेर फोटो प्रकाशन गर्न, गराउन सुझाव दिए । वीरगञ्जको सुबोध भएकोले फोटोपत्रकारिता पुरस्कारमा यहीकै बासिन्दाले पाओस् भन्ने बताए । कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष पंकज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल, राष्ट्रिय फोटोपत्रकार समूहका महासचिव मनीष पौडेल, विपीसी क्याम्पसका संकल्प शाक्य, अरविन्द श्रेष्ठलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष प्रवीण मानन्धरले गरेका थिए । वीरगञ्जलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उदीयमान प्रतिभाको अवसानमा उनको स्मृतिलाई अक्षुण्ण राख्न पत्रकारहरूलाई मार्गनिर्दिष्ट गर्ने प्रेरणा मिलोस् भनी प्रतीक दैनिकले २०६५ भदौ १ गतेदेखि आजसम्म बर्सेनि यो पुरस्कार वितरण गर्दै आएको छ ।