नेविसंघको प्रतिनिधि विवाद टुंगियो, मतदाता सूची र निर्वाचन तालिका आज सार्वजनिक गरिने

289

काठमाडौं, साउन
नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद रातभरिको प्रयासपछि मिलेसँगै आज दिउँसो मतदाता नामावली र निर्वाचन तालिका प्रकाशन हुने भएको छ ।

महाधिवेशन सम्पन्न गराउन गठन गरेको निर्देशक समितिले मतदाता नामावली प्रकाशनमा देखिएको समस्या समाधान गरेको हो ।

महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरेपछि मनोनयन दर्ता गर्ने र मतदान गर्ने तालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।

यसअघि ११ जिल्लाको विवाद र नेताहरुको नै नेविसंघप्रतिको प्रत्यक्ष चासोका कारण विवाद मिलाउने काम पार्टी संयन्त्रमा पुगेपछि महाअधिवेशन अनिश्चित बनेको थियो ।