शिक्षा नीति खोटपूर्ण : पूर्व प्रम नेपाल

337

वीरगञ्ज, साउन

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालको शिक्षानीति खोटपूर्ण रहेको बताएका छन् । प्रो.डा. शम्भू पटेल र एशोसियट प्रोफेशर बविता सिंहले लेखेको नर्सिङ रिर्सच एण्ड बायोस्टाटिक्स नामक पुस्तकको होटेल भिषूवामा आयोजित बिमोचन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेता नेपालले नेपालको संविाधनको मर्म बिपरित आठौ शिक्षा ऐनमा केही ब्यवस्थाहरु त्रुटीपूर्ण रहेको बताए । संविधानले नेपालको तीन खम्बे अर्थनीतिलाई स्वीकार गरे पनि ऐनले त्यसको मर्मलाई मार्ने काम गरेको उनले बताए । त्रुटीपूर्ण कुराहरुको बिरोध गर्दा गर्दै पनि ऐन पास भएको चर्चा गर्दै नेता नेपालले संसारमा राज्य नियन्त्रित र पूँजीवादी अर्थतन्त्र दुबै असफल भएको बताए ।

हामीले सार्वजनीक, नीजि र सहकारी अर्थतन्त्रका तीन खम्बा हुन भन्यौ उनले भने तर ऐनले सामाजिक समुहका माध्यमले शैक्षीक संस्थाहरु संचालन गर्न नपाइने नीति लियो यो ठिक होइन । नेता नेपालले मुलुकको बिकास र सम्बृद्धिका निम्ति प्रशस्त आधारहरु भएको चर्चा गर्दै सबैले इमान्दार भएर काम गर्नु पर्ने बताए । त्यसकालागि सबै भन्दा पहिला “म नेपाली हँु” भन्ने राष्ट्रीय भावनाको बिकास सबैमा हुनु पर्नेमा उनले जोड दिए । नेता नेपालले आजै लोकतानित्रक मधेशी संगठनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

विहीबार वीरगञ्जमा आएका नेता नेपालले यस क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताहरुसँग पार्टीकामका सन्दर्भमा अन्तरक्रिया पनि गरेका छन् । कार्यक्रममा पुस्तकका लेखक डा.शम्भू पटेल, बविता सिंह वीरगञ्ज नर्सिङ कयाम्पस प्रमुख मुना राना लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए । पुस्तकका नर्सिङको स्नातक तहमा अध्ययनरत छात्राहरुकोलागि उपयोगी हुने बताइएको थियो । कार्यक्रम नेकपा एमाले पर्साका संयोजक चिरन्जीवी आर्चायको अध्यक्षता तथा नेता बालगोपल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।