अस्थायी शिक्षकद्वारा पाँच बुँदे मागसहित आन्दोलन घोषणा

76

काठमाडौं, साउन-

वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको हो ।

भदौ ७ गते प्रत्येक जिल्ला सदरमुकाममा ¥याली निकाली जिल्ला शिक्षा कार्यालय नजिक कोणसभा गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला शिक्षा कार्यालयको मूलगेटमा आवातजावत बन्द गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी, भदौ १२ गते काठमाडौंमा सबै अस्थायी शिक्षकहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी विरोध ¥याली गर्ने समितिले जनाएको छ ।

सरकारले मागहरु सम्बोधन नगरे अझ कडा आन्दोलन गर्ने समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले बताए ।

शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षक सम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन कायम गरी लागू हुनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने, शिक्षा ऐन लागू भएपछि उमेरहदको कारणले पेसाबाट अवकाशित शिक्षक र सर्वोच्च अदालतको २०६३ माघ २४ गतेको फैसलापछि कुनै पनि कारणले अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह औषधोपचार खर्च र उपदानको व्यवस्था गर्नुपर्ने माग अस्थायी शिक्षकहरुको छ ।

यसैगरी, अस्थायी, लियन र परियोजनाका शिक्षकहरुको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षकसरह तलबभत्ताको व्यवस्था गर्नुपर्ने माग पनि अस्थायी शिक्षकहरुले राखेका छन् ।