विरोध र नाराबाजीका बीच नेविसंघ निर्वाचन प्रक्रिया शुरु

180

काठमाडौं, साउन –

नाराबाजी र विरोधका बीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया शुरु भएको छ । हिजो सार्वजनिक गरिएको कार्यतालिका अनुसार निर्वाचन समितिले नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया शुरु गरेको हो ।

उम्मेदवारी दर्ता बिहान साढे ८ बजेदेखि शुरु गरिएको विद्यार्थी नेताहरुले जनाएका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम रहेपनि त्यसलाई फेरबदल गरी मनोनयन दर्ताको समय बढाएर दिउँसो १ बजेसम्म खुला गरिएको हो ।

निर्वाचन प्रक्रियाप्रति नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्षले चाहिँ विरोध गरिरहेको छ । पौडेल पक्षका विद्यार्थीहरूले अहिले मनोनयन दर्तास्थलमा नाराबाजी गरिरहेका छन् । पौडेल पक्षका केही विद्यार्थी नेताले जबर्जस्ती निर्वाचन प्रक्रिया शुरु गरिए त्यो मान्य नहुने चेतावनी दिएका छन् ।