अञ्जु रञ्जनको आगमन सँगै रोकियो नेपाल–भारत सम्बन्ध कार्यक्रम

738

वीरगञ्ज, साउन –

वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासमा महावाणिज्यदुतको रुपमा अन्जु रञ्जनले पदभार सम्हालेयता भारतीय गणतन्त्र दिवस र स्वतन्त्रता दिवसको अवसरमा जनस्तरबाट कार्यक्रम आयोजना हुने छाड्यो । नेपाल–भारत सम्बन्ध विषयका कार्यक्रम पहिले महावाणिज्य दुतावासको पहल, सभागिता र समन्वयमा नागरिकस्तर बाटै आयोजना हुने गरेको थियो । अब त्यसता आयोजन हुँदैनन् । वाणिज्य दुतावासले गर्ने कार्यक्रमहरुको रौनक र ओज त्यसै कारणले घटेको बताइन्छ किन भने नागरिकसँगको सम्बन्ध अघोषित रुपमैं स्थगित भएका छन् ।

सन्दर्भ : भारतीय स्वतन्त्रता दिवस

नेपाल–भारत सहयोग मञ्च जस्ता संस्थाले आयोजना गर्दै आएको कार्यक्रम राकिएको हो । उसै पनि नागरिक अगुवा र स्थानीय समाजका मुलधारका प्रतिष्ठित व्यक्तिहरुसँग टाढिएको महावाणिज्य दुतावासमा आयोजना हुने यस्तो विशेष कार्यक्रमहरुले कम से कम नागरिकसँगको उसको सम्बन्ध बलियो पार्ने गरिएको आशा यसपाली झन तुहियो । “छिमेकी मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवस हाम्रो लागि किन सान्दर्भिक भयो ? भन्ने प्रश्न उठन सक्छ,” वीरगञ्जका एकजना वरिष्ठ उद्योगीले भने, “भारतीय स्वाधिनता संग्राममा नेपाली नागरिक र भूमि दुवैको उपयोग भएको इतिहास छ, जतिबेला भारतमा स्वाधिनताको संग्राम अन्तिम चरणमा थियो, त्यतिबेला नै नेपालमा पनि क्रान्तिको जग बसेको थियो ।” उता भारत स्वतन्त्र भयो यता राणा शासन विरुद्धको आन्दोलन सफलता उन्मुख भयो भन्ने प्रसँग उनले जोड ।

महावाणिज्य दुतावास अवधारणागत रुपमा दुई देशबीचको सबैभन्दा बढी व्यापार हुने नाका स्थित शहर वीरगञ्जमा स्थापित गरिनुको पछाडीका कारण त्यसको भूमिका हो । महावाणिज्य दुतावासको भूमिका मुलरुपमा दुई देशबीचको व्यापारमा सहजिकरण हो । महावाणिज्य दुतावास स्थापनाको डेढ दशक नबित्दै देखिएको अवस्थाले त्यसको औचित्य माथि नै प्रश्न खडा गरेको छ । उसले गर्ने व्यापार सहजिकरणको क्रममा प्रत्यक्ष सम्पर्कमा आउने वर्ग भनेको उद्योगी र व्यवसायी हुन् । भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रम वीरगञ्जका उद्योगी व्यवसायीहरुले अघोषित रुपमा वहिष्कार गरे । एक समय थियो, जब उनीहरु उत्साहित रुपमा यस्ता कार्यक्रममा महावाणिज्य दुतावासको प्राङ्गणमा उमंग, उत्साह र शुभकामनाका शब्दहरु लिएर एकाविहानै आईपुग्थे । यसपाली बिहानदेखि सुरु भएको स्वतन्त्रता दिवसको औपचारिकता साँझ शास्त्रीय संगीतको कार्यक्रममा टुङ्गिदासम्म व्यापारीवर्गको उपस्थिती देखिएन ।

उपस्थिती देखियो केवल सौन्दर्य व्यवसायमा लागेकाहरुको र नेपाल–भारत सम्बन्धको लाज राखेका नगरका केहि व्यक्तिहरु । मधेसवादी दलका केहि अगुवाहरु कार्यक्रममा पुगेपनि आलोचना गर्दै फर्किए । न नागरिक समाजसँग न लक्षित उद्योगी व्यवसायीसँग सम्बन्ध जोगाउन सकेको दुतावासको स्थापनाकालीन ओज सम्झिदै एकजना नागरिकले भने: इ बर्बाद कर दिइएसन ।