भाइरल बन्यो राधिकाको न्युड सीन

750

 

काठमाडौं, श्रावण –
सेक्स र न्यूड सिनको भिडियो एक्कासी लिक भएर इन्टरनेटमा भाइरल बनेपछि हिरोइन राधिका आप्टेको चर्चाले भारतीय फिल्म उद्योग नै तताएको छ । उनको यस्तो भिडियो सार्वजनिक भएको छ, जसमा उनको शरीरमा एउटै कपडा त छैन् नै, कुनै पोर्न फिल्मझैं लाग्ने गरी सेक्स गरिरहेको दृश्य छ ।

राधिका आप्टेको यो भिडियो लीना यादव निर्देशित फिल्म ‘पार्च्ड’को हो । जुन फिल्म भारतमा रिलिज गरिएको छैन, केही दिनअघिबाट अमेरिका र फ्रान्सका केही सिनेमा हलमा प्रदर्शनमा भने ल्याइएको छ । आइतबार एक्कासी लिक भएपछि दुइ दिनमै भाइरल बनेको यो भिडियोले निर्मातारनिर्देशकलाई आच्छु आच्छु पारेको छ । घटनालाई लिएर निर्माता निर्देशकले दुख व्यक्त मात्र गरेका छैनन्, ‘भारतमा रिलिज गर्नुअघि ब्लर गरिने योजना रहेको’ भनेर बचाउ समेत गरेका छन् । हिरोइन राधिका पनि संचारमाध्यम सामु आउन सकिरहेकी छैनन् । न त उनले कुनै प्रतिक्रिया नै सार्वजनिक गरेकी छन् ।

गुजरातको विकट गाउँमा हुर्केबढेका तीन युवतीको जिन्दगीमा आधारित कथावस्तुमाथिको फिल्म हो ‘पार्च्ड’ । यी युवती गाउँका परम्परा र रीतिरिवाज तोड्दै आफना लागि आफैं नियम बनाउँछन् । स्वतन्त्र हुन चाहन्छन् ।
लिक भएको भिडियोमा हिरोइन राधिका अर्की अभिनेत्री तनिष्ठा चटर्जी र अभिनेता आदिल हुेसका साथ देखिएकी छन् । फिल्ममा तेस्री युवतीको भूमिका भने सुरवीना चावलाले निभाएकी छन् ।

यो भिडियो यूटयूबमा हेर्नेको संख्या पनि निकै बढिरहेको छ । भिडियो भाइरल बनेर सबैतिर आपत्ति जनाउन थालिएपछि निर्माता असीम बजाजले सार्वजनिक रुपमै संचारमाध्यमबाट यस घटनाप्रति दुख व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘फिल्म भारतमा रिलिज गर्दा राधिकाको स्तन र गोप्यअंग देखिने स्पेशमा ब्लर गर्ने सोचाइ राखेका थियौं ।’

टाइम्स अफ इन्डियाले लेखेको छ, ‘इन्टरनेटमा भइरल भइरहेको यो भिडियो क्लिपका बारेमा निर्माता असीमको दाबी छ कि– यो लिक भएको होइन, अमेरिका र फ्रान्सबाट कसैले अपलोड गरिदिएका हुन् ।’

त्यसो त, फिल्म चर्चामा ल्याउनका लागि निर्मातारनिर्देशकले यो भिडियो इन्टरनेटमा राखेको आरोप र टिपप्णी पनि निकै आइरहेका छन् । निर्माता असीमले यो आरोपको खण्डन गरेको भारतीय संचारमाध्यम ‘अमर उज्याला’ले जनाएको छ । उसले असीमको भनाई उदृत गर्दै लेखेको छ, ‘हामीले कुनै यस्तोखाले भिडियोको आडमा फिल्मको पब्लिसिटी गर्न चाहेका छैनौं । राधिका त मेरी बहिनीजस्तै हुन्, म कहिल्यै पनि चाहन्न कि उनको यस्तो भिडियो अगाडि आओस् र जसलाई लिएर मानिसहरुले औंला ठडयाऊन ।’

फिल्ममा राधिका एउटी यस्ती युवती हुन्छिन् जसलाई सधै पिटाइ खानु परेको छ र जो माया र प्रेमको एक स्पर्श पाउनका लागि संधै तडपिरहेकी छन् । ‘त्यसैले यो दृश्य कथाको माग थियो’, असीमले फिल्ममा सेक्स र न्यूड सिन राख्नुको कारण दिँदै निर्माणपक्षको बचाउ गरेका छन् ।

त्यसो त, राधिका आप्डेको न्यूड दृश्य सार्वजनिक भएको न यो पहिलो पल्ट हो, न त यस्ता प्रकरणबाट उनी अछुतो नै थिइन । गतबर्ष निर्देशक अनुराग कश्यपको २० मिनेट लामो ‘सर्ट फिल्म’मा दिएको न्यूड दृश्यले पनि उनी विवादमा तानिकएकी थिईन । त्यसअघि पनि उनले केही न्यूडखाले तस्बिर सार्वजनिक गरेकी थिईन । वाथरुमभित्रको सेल्फी प्रकरणमा पनि उनी निकै चर्चामा आएकी थिईन् । (एजेन्सीहरुको सहयोगमा)