जीविस र उपभोक्ता वीच कमीश्नको बिवाद, प्रहरीमा उजुरी

645

12049296_1010051509047262_2328649125006632726_nबीरगंज ९ भदौ ÷
जिल्ला प्राविधिक कार्यालय पर्साका प्रमुख इन्जिनियरको कमीशन (पिसी) को विवाद प्रहरीको कार्यालय सम्म पुगेको छ । पर्सा जिल्लामा जिल्ला बिकास समिति पर्साले निर्माण गर्ने भौतिक पूर्वाधारमा कमसल बस्तुको प्रयोग हुने गरेको आम गुनासो आउने गरेको भएपनि अहिले त्यसका खुलासा पनि भएको छ ।
। जिल्ला प्राविधिक कार्यालय पर्साले पैसा पाउने भएपछि जुनसुकै कामलाई मिलाएर भूक्तानी दिने गरेको जानकारहरुले बताउने गरेका छन । पैसा असुलीकालागि दलालको समेत प्रयोग गर्ने प्रमुख इन्जिनियर दासलाई दलालले समेत ठगेपछि मामला प्रहरी सम्म पुगेको हो । घटना पर्साको परशुराम पुरमा गत आर्थिक वर्षमा निर्माण भएको सडकको कमीशनको हो ।उपभोक्ता समितिका अध्यक्ष उमेश साह कलवारले निर्माण कार्यलाई बाँकी नै राखी प्रमुख इन्जिनियर दासलाई कमीशन दिनु पर्छ भन्दै ८६ हजार रुपैया समितिबाट लिए । तर उनले                                                                                                                     दीपक दास

इन्जिनियरलाई ५० हजार मात्र बुझाएर ३६ हजार आपैmले लुकाए । इन्जिनियरले बाँकी रकमकोलागि उमेशलाई खोजे तर उनी फेला परेनन । उमेश फेला नपरेको झोकमा उनले समितिले पाउनु पर्ने भूक्तानीमा केही रकम कट्टा पनि गरे । रकम कट्टा भएपछि उपभोक्ता समितिका सदस्यहरु जिल्ला बिकास समितिमा पुगेर खोजवीन गर्दा अनी बल्ल खुल्यो कमीश्नको खेल । पैसा किन काटेको भन्ने स्थानीय गाउलेको प्रश्नमा इन्जिनियर दास आगो भएका थिए । उनले प्रचण्ड गर्मीमा असिन पसिन हुदै उनको कार्यकक्षमा पुगेका स्थानीयलाई दासले झपारेर पठाएका थिए ।

अनी सोही दिन सूर्यास्तसंगै परशुरामपुरमा शुरु भयो पंचायती । पंचायतीमा उमेशले इन्जिनियरलाई ८६ हजार दिएको दावी सहितको अडान लिए । तर बिस्तारै छलफल हुदै जादा उनले ५० हजार प्रमुख इन्जिनियरलाई दिएको र बाँकी रकम अर्को इन्जिनियर दीपक मिश्र देखी ओभरसियरलाई बाडेको बताएका थिए । भोलीपल्ट उपभोक्ता समितिको टोली उमेशलाई लिएर जिल्ला बिकास समिति पर्सामा पैसा खोज्नलाई फेरी आउदा ५० हजार रुपैया मात्रै दिएको खुलेको थियो । यता जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर दीपक दासले स्थानीयहरुले उभोक्ता समितिका अध्यक्षलाई लिएर आफूकाहा आएको स्वीकार गरेका छन । उनले आफूलाई पैसा दिएको कुरा सरासर गलत भएको बताए । यो सबै प्रपंच उनीहरुले रचेको हो जस्तो लाग्छ । जती काम भयो त्यती नै मूल्याकंन भएको छ । करिव पौने २ लाख रुपैया पैसा पनि कट्टा भएको छ दासले भने पैसा खाएको भए त पैसा कट्टा हुदैन्थ्यो होलानी ” । केही पैसा बाँचेको हुन सक्छ त्यसैको भागवण्डाको कुरा पनि हुन सक्ने उनले टिप्पणी गरे ।
उपभोक्ता समिति र स्थानीयले सडकको बाँकी काम लुकाएको ३६ हजारबाट पुरा गर्न दवाव दिदा उमेशले काम गर्न नमाने पछि गाउँ नजिकै रहेको नेपाल प्रहरीको सुर्जाहा कट्टीबेस कार्यालयमा उजुरी पुगेको हो । उजुरीकर्तामा उपभोक्ता समतिका सचिव बैधनाथ चौरसिया पनि छन ।
बेसका असई धनबहादुर भण्डारीका अनुसार प्रहरीले उजुरीका आधारमा उपभोक्ता समितिका मान्छे र गाउँका अगुवाहरुलाई बोलाएर छलफल गराए पनि उनीहरुकावीचको बिवाद मिलेन । सडक निर्माणकालागि जिल्ला बिकास समितिबाट निकासा भएको रकमको हिसाव खोज्दा आफूमाथि कुटपीट भएको भन्दै उपभोक्ता समितिका सचिव बैधनाथ चौरसियाले प्रहरी चौकीमा उजुरी गरेका थिए । कुटपीट समेत भएको भनेकोले बिपक्षी उपभोक्ता समितिका अध्यक्ष उमेश साहलाई पनि झिकाएर बुझ्दा पैसाको लेनदेन नमिलेको खुलेको भण्डारीले बताए । चौकीमा उनीहरुको कुरा मिलेन भण्डारीले भने त्यसपछि जिविस वा जिल्ला प्रशासन काहा गएर मिलाउने हो मिलाउनु भनेर पठाए ” ।
पर्सा जिल्ला बिकास समितिले परशुरामपुर देखी बीरन्चीवर्वाको सडक निर्माणकालागि आर्थिक वर्ष ०७१÷०७२ मै ७ लाख रुपैया बिनियोजन गरेको थियो । त्यती खेर स्थानीयले उमेशलाई अध्यक्ष बनाउन हुदैन भनेर तिब्र आपत्ती जनाएका थिए । तर जिविसले उमेशलाई नै अध्यक्ष बनाउनु पर्छ भनेर अडान राखेको थियो । स्थानीय र जीविसवीचको यही विवादका कारण त्यस आर्थिक वर्षमा बिनियोजन भएको रकम फ्रिज भएको थियो । गत अर्थिक वर्षमा पनि सोही सडक निर्माणकालागि जिल्ला बिकास समिति पर्साले ६ लाख ७९ हजार रुपैया बिनियोजन गरेको थियो । सोही रकममा सडक निर्माणकालागि उमेश साहको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । सोही समितिमा रहेका तीन जनाले उपभोक्ताले जनसहभागिता मार्फत लगाउनु पर्ने रकम लगानी गरेर काम गरेका थिए समग्र प्रकरणलाई केलाउदा कमीश्नको चक्करमा सडक निर्माणको काम पनि अपुरो अधुरै रह्यो । जिविसले बनाउने उपभोक्ता समितिको नेतृत्व नै नियोजीत रुपमै ठेकदारलाई दिने गरिएको छ ।