जग्गा दिने त्रुटीपूर्ण सिफारिश रद्ध

306
सिफारिश रद्ध गरिएको निर्णय

 

बीरगंज १० भाद्र ÷
एक बिहानै प्रमुख जिल्ला अधिकरीको निवासमा एमालेका सभासद र नेताहरुको डेलीगेशन निवास नजिकै रहेको घण्टाघरमा प्रजिअकै बिरुद्धमा कोण सभा । अनी यहीवीचमा निवासमै स्थानीय सिफारिश समितिको बैठक । आजबिहानको यही पृष्ठभूमीमा सरकारी ऐलानी जग्गा नेकपा माओवादी केन्द्र पर्सालाई ५० वर्षकालागि लिजमा दिने निर्णय स्थानीय सिफारिश समितिले फिर्ता लियो ।
आज बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सिफारिश समितिको बैठकले आफनो निर्णय फिर्ता लिएको बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत एव समितिका सदस्य बिष्णु कोइरालाले जानकारी दिए । यस अघि गरेको सिफारिश कानूनी रुपमै त्रुटीपूर्ण देखिएकोले सो सिफारिश रद्ध गरि सम्बन्धीत निकायमा अविलम्ब जानकारी गराउने निर्णय गरिएको निर्णय पुस्तिकामा उल्लेख छ ।
वीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपरामा रहेको किता नं. ७५ को क्षेत्रफल १ – ० –११ मध्ये दक्षिण र पश्चिम कुनाबाट ० – ५ – ० (पाँच कठा) जग्गा भोग अधिकारको लागि नेकपा माओवादी केन्द्र पर्सालाई भाद्र ५ गते दिन सिफारिश गरिएको थियो । निर्णयका बिरुद्ध नेकपा एमालले सडक सघर्ष शुरु गरेको थियो । एमाले संगै सबै राजनीतिक दल र स्वयं माओवादी केन्द्रका नेताहरु समेत सिफारिशको बिरोधमा भएपछि समिति निर्णय सच्याउन बाध्य भएको हो । माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालको नजिक रहेका आदित्य पौडेलले यो समग्र प्रकरणको नेतृत्व गरेका थिए । तर पार्टी पर्साले यस्तो संस्थागत निर्णय नभएको स्थानीय नेताहरुले बताएका छन ।