काउन्सिलद्वारा ध्यानाकर्षण

282
प्रेस काउन्सिल नेपालद्वारा जारी बिज्ञप्ति

 

वीरगंज १० भाद्र
प्रेस काउन्सिल नेपालले शुक्रबार एक बिज्ञप्ति जारी त्रिशुलीमा भएको बस दुर्घटनाको समाचारको बिषयमा आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
त्रिशुलीमा भएको बस दुर्घटना सम्बन्धी समाचारमा मृत्यु भएका मानिसका लाशका बिभत्स तस्विरहरु बिभिन्न मिडियाहरुमा सम्प्रेष्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलले जारी गरेको बिज्ञप्तिमा त्यस्ता तस्विरहरु सम्प्रेष्ण हुदा समाजमा नैरश्यता र संत्रास फैलिने उल्लेख छ । काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीद्वारा हस्ताक्षरीत सो बिज्ञप्तिमा पत्रकार आचार सहिता २०६० ( संशोधित २०६४) को दफा ४ (९)को उल्ल)घन हुने भएकोले बिभत्स तस्विरहरु सम्प्रेषण नगर्न सबै संचार माध्यमलाई ध्यानाकर्षण गराउदछौ भनिएको छ ।