ट्रान्सपोर्ट एशोसिएशनको अध्यक्षमा बालकृष्ण बिजयी

2676

 

वीरगञ्ज, भाद्र –

ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल बिजयी भएका छन् । एशोसिएशनको छैठौ“ अधिवेशनबाट पोखरेल १ भोटले बिजयी भएका हुन् । शनिबार भएको निर्वाचनमा खसेको कूल मत ५९ मध्ये पोखरेलले २९ मत ल्याए भने हकले २८ मत ल्याएका थिए । उपाध्यक्षमा प्रशान्त श्रेठ(४४), सचिवमा नवराज अधिकारी(२७), कोषाध्यक्षमा सन्तोष पोखरेल(२९), स–सचिवमा विरेन्द्र कर्ण(२७) बिजयी भएका छन् ।

सदस्यहरुमा साजन गुप्ता, विकास थापा, मनोज गुप्ता, श्याम उप्रेती बिजयी भएको निर्वाचन अधिकृत उज्जवल देवकोटाले बताए । वीरगन्ज स्वीमिङ्ग पुलमा परिसरमा सम्पन्न भएको अधिवेशनको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले गरेका थिए । ट्रान्सपोर्ट एशोसिएशन महासंघका अध्यक्ष श्याम बहादुर बुम्जन, केन्द्रीय सदस्य विश्वनाथ खनाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक जिवलाल चुडालीको उपस्थिती रहेको थियो । मुलुककै ६५ प्रतिशत ढुवानी यस क्ष्ँेत्रबाट हुने गरेको छ । भन्सार राजस्व छली र न्युन बिजकीकरणको आशंकामा प्रहरीले मालवाहक सवारी नियन्त्रणमा लिदा ढुवानी व्यवसायी मारमा पर्ने गरेका छन् । जबकि ढुवानी व्यवसायी सामान ओसार्ने भरिया मात्र रहेको महासंघ अध्यक्ष बुम्जनले बताए । प्रजिअ घिमिरेले सरोकारवाला निकायसंग समन्वय गरी समस्या समाधान गर्न सकिने बताएका थिए ।