उधोगी क्यालद्वारा अस्पतालाई पंखा प्रदान

817
उधोगी क्याल
उधोगी क्याल

वीरगंज, १२ भाद्र
नारायणी उपक्षेत्री अस्पताललाई आइतवार क्याल ग्रुपको तर्फबाट ६ थान एडजस्ट फ्यान पंखा हस्तानतरण गरिएको छ । ग्रुपका तर्फबाट सत्यनारायण क्यालले पंखा हस्तान्तरण गरेका हुन । प्रचण्ड गर्मीमा बिरामीहरु प््रभावित हुन थालेपछि स्वतन्त्र मानव अधिकार समाज वीरगंजको पहलमा समाजसेवी एवं उद्योगपती क्यालले ६ थान एडजेष्ट फैन (पंखा) प्रदान गरेका हुन । करिव ३५ हजार मुल्य बराबरको सो पंखा नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद , प्रशासनका कर्मचारी संतोष सिंह र स्टोर प्रमुख बिरेन्द्र प्रसाद चौधरीलाई सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी एवं समाजसेवी मुकेश हस्तान्तर गरेका थिए । उधोपती क्यालले यो भन्दा अगाडि पनि सात वटा पंखा प्रदान गरेका थिए । उधोगपति क्यालले नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा दश थान सोलार लाईट जडान गर्ने समेत प्रतिवद्धता जनाएका छन् । स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्णा कुमार खनालको सभापतित्वमा भएको पंखा हस्तान्तरण कार्यक्रममा प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, स्वतन्त्र मानव अधिकार समाजका उपसभापति रमेश शर्मा , केन्द्रीय सहकोषाध्यक्ष हरेन्द्र बाबा, केन्द्रीय सदस्य दिपक साह कानु, राधेमाई सामुदायिक बिकास संस्था वीरगंजका अध्यक्ष लवकुश सिंह, भिखमपुर जन सामुदायिक बिकास केन्द्रका अध्यक्ष गौरव संतोष पटेल, गणपति ल्यावका सुनिल पंडित लगायतको उपस्थिति रहेको थियो ।