पत्रकार महिलाहरुको सक्रियतामा साप्ताहिक पत्रिका प्रकाशन

2365

बीरगंज १२ भदौ/वीरगञ्जका पत्रकार महिलाहरुको सक्रियतामा साप्ताहिक पत्रिका आज देखि प्रकाशनमा आएको छ । मध्यनेपाल सन्देश साप्ताहिक पत्रिकाको आइतवार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले एका कार्यक्रमका वीच विमोचन गरेका हुन ।
पत्रिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकार महिलाहरुको सक्रियतामा प्रकाशित पत्रिकाले पत्रकारिता पेशाको मुल्य र मान्यतालाई स्थापित गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । महिला बिरुद्धको विभेदमा महिलाको भूमिका देखिएको बताउँदै उनले त्यसको अन्त्यका लागि महिलाहरुको कलम चल्नुपर्नेमा जोड दिए । पत्रिकामा पूर्वाग्रह र प्रभावमा नपरी लेखिएका पठनीय सामाग्रीहरु आउनुपर्ने उनको सुझाव थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जराले पत्रिकाको निरन्तरताका लागि पत्रकार महासंघ जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले पत्रिकालाई साप्ताहिकबाट दैनिक बनाएर चलाउन सुझाव दिए । बरिष्ठ पत्रकार जगदिश शर्माले पत्रिकामा लेखिने भाषा शुद्ध नभएको खण्डमा सही भावना सम्प्रेषण नहुने बताउँदै भाषिक शुद्धतामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, प्रेस चौतारी नेपालका महेश गौतम, संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाँ, नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, अभिवक्ता कमलमोहन पोखरेल, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, बालबालिका प्रावि मनहर्वा बाराकी प्रधानाध्यापक नर्मदा दाहाल, उद्योगी विजय सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता, डाक्टर सुस्मा तिवारी, बविता जयसवाल, बसन्तीदेवि लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मायामितु न्यौपानेले गरेकी थिइन । पत्रिकाको प्रकाशक एंव सम्पादकमा कविता खड्का रहेकी छिन ।