बीरगंजलाई राजधानी बनाएर देखाउन मधेसीदललाई यादवको चुनौती

3776

14171864_1468800286470597_1453498873_nवीरगंज १२ भदौ ।
मधेसी जनता आफ्नो अधिकार प्रति सचेत नहुदा दलित, आदीवासी, मधेसी, मुस्लिमको नाममा करोडौको भ्रष्टचार भएको पर्साका निचुटका स्थानीिय बासिन्दाहरुले बताएका छन् । संघिय नवबिचार समुहद्धारा आइतवार निचुटामा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाहरुले कांग्रेस, एमाले, माओवादी लगायत मधेसवादी दलहरुले मधेसमा जारी अन्याय, अत्यचार र भ्रष्टचारलाई मलजल गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । स्थानीय बासिन्दाले आफुहरुले जिताएर पठाएका सांसदहरुले उल्टे आफुहरुलाई पीडा दिएको गुनासो गर्दै गाउ गाउमा विकासको नाममा आफ्ना नातेदार, भाईभतिजा र कार्यकर्ताका घरघरमा बाटो पु¥याएको र जनतालाई भने नहेरेको आरोप लगाएका थिए । कार्यक्रममा नव बिचार समुहका नेता राजकुमार यादवले २ नम्बर प्रदेशको राजधानी जनकपुरलाई बनाउने षडयन्त्र भइरहेको बताउदै वीरगंजलाई २ नम्बर प्रदेशको राजधानी बनाएर देखाउन मधेसी मोर्चालाई चुनौती दिए । उनले मधेस आन्दोलनको ज्वारभाटा उठाउने वीरगंजलाई पछाडी पार्ने षडयन्त्र भईरहेको बताउदै संघिय नवबिचार समुहले वीरगंजलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गर्ने बताए । उनले भ्रष्टचार, प्रहरी प्रशासनको गुलामी, गुण्डगर्दी र गरिबमाथि अत्यचार गर्नेलाई जनताले छाड्न नहुने बताउदै दलित, जनजाति, पिछडा वर्गको अधिकारका लागि आफू जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताए । पाईलटलाई बयलगाडा चलाउन दिने र बयलगाडा चलाउनेलाई जहाज चलाउने जिम्म दिदा देशमा दुर्घटना निम्तिएको बताउदै उनले जनताले जो नेता जे गर्न सक्षम छ त्यसलाई त्यस्तै कामको जिम्म लगाउनु पर्नेमा जोड दिए । निचुटाका पुर्व गाविस अध्यक्ष रामचन्द्र ठाकुरको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नवबिचार समुहका केन्द्रीय सदस्य भिकम सिंह, फरियाद अहमद, चैत्यदेवी चमार, सिता देवी, लालबाबु राम, जंगली राउत कलवार, दिप नारायण रौनियार, जितेन्द्र पटेल, बालेश्वर चौधरी लगायतका वक्तहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी झण्डै १ सय भन्दा बढी व्यक्तिहरुले नव विचार समूहमा प्रवेश गरेका थिए ।