सरसफाइ अभियानमा मन्दीर र पोखरी क्षेत्रको सफाई

161

बीरगंज ११ भदौ / पर्सा प्रहरीले स्थानीय समुदायको साझेदारीमा “हाम्रो बीरगंज स्वाच्छ बीरगंज” अभियान अन्र्तगत बीरगंजको बिभिन्न स्थानको सरसफाई गरेको छ । पर्सा प्रहरी प्रमुख डा.राजुबाबु श्रेष्ठको अगुवाईमा शुरु भएको सरसफाई अभियानको शनिवार ८३ र ८४ औ श्रृखंला सम्पन्न भएको हो । अभियान अन्र्तगत सार्वजीक स्थलमा पोष्टर ,पम्पलेट टाँस्न निषेध गरिएको छ । अभियानकै कारण बीरगंजको घण्टाघर र नेपाल टेलीकमको पर्खाल सफा रहेको छ । ति दुबै क्षेत्र हरेक प्रकारका प्रचारका लागि बीरगंजको महत्वपूर्ण स्थानको रुपमा रहेका थिए । अहिले पोष्टर बिहिन भएपछि घण्टाघरको स्वरुप नै सुन्दर भएको छ । त्यस्तै नेपाल टेलीकमको 14111709_1467593886591237_1045401155_nपर्खालमा बीरगंजका बिभिन्न कलेजहरुले दाइजो बिरोधी जनचेतनामुलक नाराहरु पेन्टीङ गरेर सन्देश प्रवाह गरेका छन । प्रहरीको यो अभियानले बिकासको सहस्राब्दी लक्ष्य अन्र्तगत सन २०१७ सम्ममा पर्सा जिल्लालाई खुलादिशामुक्त जिल्लाको रुपमा घोषणा गर्ने कामलाई पनि सहयोग पुगेको छ । प्रहरीको यो अभियानमा बीरगंज उपमहानगरपालिका स्
थानीय संघ संस्थाहरुको पनि सहभागिता र।हदै आएको छ ।अभियान अन्र्तगत नै शनिवार बीरगंजको घरिअर्वा पोखरी बाहिरको नाला र सडकको सरसफाई गरिएको छ । ८३ औ श्रृखला अन्र्तगत गरिएको यो कार्यक्रममा घरिअर्वा स्पोट्र्स क्लब,स्थानीय समुदाय संचारकर्मी लगायतको सहभागितामा सरसफाई भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ८४ औं श्रृखला अन्र्तगत शनिवार नै बीरगंजको वडा नं १६ मा पनि श्रीपुर प्रहरीको वडा कार्यालय ,सशस्त्र प्रहरी, स्थानीय महिलाहरुका समुह,नागरिक समाज लगायतको सहभागितामा जिल्ला बिकास समितिको कार्यालय देखी राधेमाई मन्दीर सम्मको सडक तथा नालाको सरसफाई गरिएको थियो । पर्सा प्रहरी प्रमुख डा.राजुबाबु श्रेष्ठको अगुवाईमा पर्सा प्रहरीले हरेक शनिवारमा सरसफाई अभियानलाई सचालन गर्दै सरसफाईलाई ब्यवहारमा प्रयोग गर्न जनतालाई जागृत गराउदै आएको छ ।