सिनो गन्हाएर बसीखप्नु भएन

197

वीरगंज, १२ भाद्र
बीरगंज उपमहानगरपालिकाको वडा नं १३ बाल मन्दीरको पछाडीको क्षेत्रमा सिनो गन्हाएर बस्नै नसक्ने अवस्था आएको भन्दै स्थानीयले गुनासो गरेका छन । केही दिन अघी एउटा गाई मरेको थियो स्थानीयले भने “यस्तो प्रचण्ड गर्मीमा मरेको गाई अत्याधिक रुपमा गन्हाउन थालेको छ” । सिनो गन्हाएर बसीखप्नु भएन
सिनो गन्हाएर बस्नै नसक्ने हुदा समेत बीरगंज उपमहानगरपालिकाले सिनो ब्यवस्थापनमा ध्यान नदिएको स्थानीयको आरोप छ । बीरगंज उपमहानगपालिकालाई सिनोको बारेमा भन्न जादा गाई कसको हो पत्ता लगाउनु भनेर मात्र भन्ने गरेको स्थानीयले बताए । स्थानीय मनिष गुप्ताले द स्टेट डेलीलाई एउटा इमेल लेख्दै भनेका छन “के यही हो बीरगंज उपमहानगरको जिम्मेवारी ”