दलीत समुदायले हनुमान मन्दीर बनाउने

110

वीरगंज १३ भदौ ।
पोखरीया नगरपालिका ४ सतवरिया टोलमा स्थानीय दलित समुदायले हनुमान मन्दीरको निर्माण शुरु गरेका छन् । सतवरिया टोल निवासी दुखी महरा, परशुराम राम, जगदिश भगत, जगनाथ भगतको सक्रियतामा स्थानीय ७० दलित घरपरिवारबाट आर्थिक संकलन गरि हनुमान मन्दीर निर्माण गर्न लागीएको स्थानीय दुखी महराले बताए । मन्दीरको सोमवार एक समारोहका वीच संघिय नवविचार समुहका नेता राजकुमार यादवले शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यादवले रावण नसुध्रिएपछि हनुमानले लंकालाई ध्वष्त बनाएको बताउदै राम्रो काम गर्नेलाई संरक्षण र गलत काम गर्ने लाई विनास गर्न अब दलित समुदाय जाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा पोखरीया नगरपालिकाका पदपुर्ति समितीका अध्यक्ष एवं शिक्षाविद गौरी प्रसाद चौहान, साधुसाह रौनियार, दिपनारायण रौनियार, मंगल साह कानु, अमित मिया, शम्भु साह कानु लगायतको उपस्थिति रहेको थियो ।