श्रमीक महिलाहरुको सवालमा अन्तरक्रिया सम्पन्न

168

रशना ढकाल
काठमाण्डौ १३ भदौ
महिलाको निम्ति महिला मञ्च नेपालले सोमवार श्रमिक महिलाहरुको सवालमा सरोकार
वाला निकायहरुको दायित्व विषयमा अन्तरकृया कार्यक्रम तथा संस्थाको ७ औ साधारण सभा सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महिला , बालबालिका तथा जेष्ठ नागरिक समिति कि सभापति तथा व्यवस्थापिका संसद सदस्य रन्जु झाले आफु यहि सँग सम्बन्धि भएर सँसदमा कानून बनाउन लागेको र मनोरन्जन क्षेत्रलाई व्यवस्थित गर्न के गर्नु पर्छ यसमा सबैको साथ र सहयोगको खाचो रहेको बता14138323_1254152377960684_1637832794_nइन । त्यसैगरि राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य मनु हुमागाईले आफू आयोगमा हुदा पनि यहि क्षेत्रलाई व्यवस्थित गर्न लागि परेको र अहिले पनि श्रम ऐनमा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवाल समेटनु पर्छ भन्ने विषयमा वकालत गरिरहेको जानकारी दिइन । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रम विभाग काठमान्डौका कारखाना निरीक्षक संजय थिङ्गले संशोधनको क्रममा रहेको श्रम ऐनले पक्कै पनि श्रमिक महिलाहरुको सवालमा कानूनको व्यवस्था गर्ने कुरामा जोड दिए । कार्यक्रममा काठमान्डौ महानगरपालिका उप निर्देशक युवराज खनालले आफनो एक्यबद्धताको रहेको बताउनु भयो । साथै गोगंबु प्रहरी प्रभागका प्रहरी निरिक्षक पूर्णिमा चन्दले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सुरक्षाको सवालमा आफु सधै चनाखो भएको र महिलाको सुरक्षाको लागि आफू हदैसम्म खटेको बताइन ।
दोहरी साझ तथा डान्सबारमा काम गर्ने श्रमिक महिलाहरुको सख्या काठमाण्डौमा मात्र करिब ५० हजारको हाराहारीमा रहेको सरकारी तथ्यांक रहे पनि दिन दिनै यस क्षेत्रमा कार्य गर्ने मलिहा श्रमिकहरुको सख्या बढिरहेको छ । तर अझैपनि यस क्षेत्रमा कार्यगर्ने महिलालाई अनौपचारिक बनाइएको छ । उनीहरुलाई कार्यगर्ने संस्थाले परिचय पत्र र नियुक्ति पत्र पनि नदिएको यस स्थितिमा श्रम ऐनले आफनो सवाललाई समेटने जिज्ञासा उपस्थिति सहभागिले राखेको थिए ।
अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको मानव अधिकार र श्रम अधिकारको लागि २०६४ साल देखि मञ्चले राज्य सामू पैरवी र दवाव दिदै आइरहेको छ ।