साल्ट्र ट्रेडिङ्गको बदमाशीलाई प्रहरीको लगाम

346

वीरगंज, १३ भाद्र ।
किसानले बेलामा मलखाद पाउदैनन । उसको फसलको उत्पादन बढ्दैन । मलखादको निम्ति अनेकौ ठाउँ भौतारीदा पनि किसान मलखादको जोहो गर्न सफल हुदैनन । किसानको श्रम र पसिनाले आर्जन गरेको अन्न बाली खाने तर त्यो श्रम र परिश्रमको पीडालाई बुझ्न नखोज्नेहरुले शासन र प्रशासन चलाउन थालेपछि किसानले वा आम मान्छेले पीडा बाहेक केही पाउने छेकछन्दै रहदैन । यस्तै गरेको छ । नेपाल साल्ट ट्रेडिङ कम्पनी क्षेत्रीय कार्यालय बीरगंजले । क्षेत्रीय कार्यालयले नेपाल साल्ट ट्रेडिङको मलगंवा ब्रान्चको नाममा एक ट्रक मलखादको चलानी काटे पनि त्यो ट्रक मलंगवा भने पुगे

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय बीरगंजका प्रमुख अमोज लामिछाने
साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय बीरगंजका प्रमुख अमोज लामिछाने

को छैन ।
मलंगवाको नाममा चलान काटेर ट्रक चाही अन्तै पठाएका क्षेत्रीय कार्यालयको “पाप धुरीबाट कराउछ ”भने झै भयो । एक ट्रक मल, मल तस्करहरुलाई बुझाएर रकम लिने तारतम्य मिलाएको क्षेत्रीय कार्यालयलेको सपना त्यती बेला चक्नाचुर भयो जतिवेला मल लोडगरिएको ट्रकलाई नेपाल प्रहरीले सर्लाहीको बरथवा क्षेत्रमा पक्राउ ग¥यो । मलले भरिएको ट्रकलाई प्रहरीले आइतवार पक्राउ गरेको हो । मलंगवा डिपोका प्रमुखले भने मल आफनो डिपोको नाममा चलानी काटेर हिडेको बिषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै लामिछाने बिरुद्ध आक्रोशित भएको स्रोतले जनायो । तर मल कसले मगायो भन्ने कुरा त ट्रन्सपोर्टरले बताउने क्षेत्रीय कार्यालय प्रमुख लामछिानेको भनाई छ । क्षेत्रीय कार्यालय बीरगंजका प्रमुख अमोज लामिछानेले मंलगंवाकालागि चलान भएको ट्रक कसले किन बरथहवा पु¥यायो भन्ने बिषयमा छानविन भइरहेको बताए । उनले ट्रान्सपोर्टर संजीव साहले मलखाद्य लगेको बरथहवा पु¥याएको बताएका छन । उनले क्रेताले लगेको तर उता लगेर बेच्ने क्रममा पक्राउ परेको छ हामी त्यसलाई पनि खोज्दै छो उनले भने त्यसलाई फेला पारेपछि मात्र धेरै कुरा खुल्छ । ४ दिन अगाडि मलको चलान काटिएको उनले बताए । उनका अनुसार ट्रकमा ५ लाख मूल्य बराबरको मल रहेको छ ।
सर्लाही प्रहरीले भने बिशेष सूचनाको आधारमा आइतवार सर्लाहीको बरथहवा स्थित रामबाबु प्रसादको घरमा मल भण्डारण गरिरहेको अवस्था ट्रक चालक र रामबाबुलाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले बताए । उनले चामलको बोरामा मल फेला परेको भन्दै गहन अनुसन्धान भइरहेको बताए । मंलंगवाकालागि हिडेको ट्रक बरथहवामा पुगेर अनलोड हुनुले थुप्रै आशंका जन्माएको उनको भनाई छ । कसले ल्यायो त्यसमा कसको संलग्नता छ सबैको बिषयमा अनुसन्धान हुने उनले बताए ।