दुई थान गोलीया प्रहरी नियन्त्रणमा

132

बीरगंज १४ भदौ ।
प्रहरीले मंगलवार बिहान सखुवा प्रसौनी गाविसको वडा नं ७ बाट २ थान सालको गोलीया नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय एकटांगाको गस्ती टोलीले काठ नियन्त्रणमा लिएको हो । काठको अवैध ओसार पसारमा संलग्न ब्यक्तिहरु प्रहरीको गस्ती टोलीलाई देखेर भागेको पर्साका प्रहरी प्रवक्ता यज्ञ भट्टराईले जानकारी दिए । गस्ती टोलीलाई देखेर फरार भएका ब्यक्तिहरुको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ । रंगपुर र मथवन मथौलमा रहेको रेन्जपोष्ट कार्यालयहरुले बनको संरक्षणमा ध्यान दिनु भन्दा पनि बनको नोक्सानीमा ध्यान दिने गरेको स्थानीयको गुनासो छ । बन क्षेत्रमा बन गस्तीले काठ समातेका घटनाहरु बिरलै हुन्छन तर बन क्षेत्र भन्दा बाहिर कहिले नेपाल प्रहरीले कहिले सशस्त्र प्रहरीले त्यही क्षेत्रबाट निस्केको बाठ नियन्त्रणमा लिदै आएको घटनाक्रमहरुले देखाएका छन । जिल्ला बन कार्यालयले यस्तो किन हुन्छ भन्ने बिषयमा गहन अध्ययन शुरु गरेमात्र बन बिनासको मात्रा रोकिने स्थानीयको बुझाई छ ।