मोर्चाद्वारा अस्पतालका विरामीलाई फलफूल वितरण

253

वीरगन्ज,१६ भदौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले विहिबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना रहेका विरामीलाई फलफुल वितरण गरेको छ । शहीद सप्ताह अन्र्तगत मोर्चाले बिरामीलाई फलफूल बितरण गरेको हो । मोर्चाका नेता कार्यकर्ताले भर्ना रहेका तीन सय भन्दा बढी विरामीलाई फलफुल वितरण गरी

फलफूल बितरण गर्दै नेताहरु
फलफूल बितरण गर्दै नेताहरु

शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन ।
पूर्व घोषीत कार्यक्रम अन्तरगत बुधबार वीरगन्जको घण्टाघर चोकमा दीप प्रज्वलित गरी शहिदहरुलाई श्रद्धान्जली अर्पण गरिएको र आज अस्पतालमा फलफुल वितरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री करिमा बेगम, फोरम नेपालका प्रदेश सचिव महम्मद सलाउदिन पर्सा अध्यक्ष प्रदीप यादव नेपाल सद्भावना पार्टीका महासचिव शिव प्रसाद पटेल, सदभावना पार्टीका ईश्वर यादव, रेखा साह ,नेपाल सदभावना पार्टीका जिल्ला सचिव कृष्ण पटेल ,मुनी श्रवास्तव फोरम गणत्रान्त्रिका जिल्ला अध्यक्ष मुस्तकीम अन्सारी,तराई मधेश सदभावनाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव युवा फोरम नेपालका जिल्ला अध्यक्ष शेख जलसुदिन, समाजबादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिव आमोद यादव जिल्ला यसवन्त यादव, लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।