ग्यासको मूल्य घट्यो

181

imagesकाठमाडौं, १७ भदौ – नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।
चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर ५० रुपैंया घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास एक हजार ३ सय २५ रुपैंयामा मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको एक हजार ३ सय ७५ रुपैंया तिर्दै आएका थिए ।
निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताए