ज्ञानवाटिकामा वादबिवाद प्रतियोगिता सम्पन्न

251

बिरगंज – बिरगंजको श्रीपुर स्तिथ ज्ञानवाटिका उच्च माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार बिभिन्न प्रतियोगिताहरु भएका छन ।

विद्यालयकि प्रधानअध्यापक डा. अन्जु यादवको सभापतित्व भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार बिद्यालयमा वादविवाद, वक्तित्वकला, फोटोग्राफी, मियुजिक, नृत्य, कला र अन्य क्रियाकलापहरु सम्पन्न भएको बिद्यालयका संयोजक आशु सर्राफले जानेका छन् ।

हाउस लिडरहरु र वरिष्ठ विद्यार्थीहरू द्वारा आयोजित कार्यक्रम विद्यालयका संस्थापक तथा निर्देशक हरिहर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कक्षा ६ देखि १० सम्मको बिद्यार्थी बिचमा ‘नेपाली संस्कृतिमा पश्चिमी सभ्यता को प्रभाव राम्रो कि नराम्रो’ र ‘विद्यार्थी जीवनमा सामाजिक मिडिया को प्रभाव राम्रो कि नराम्रो‘ विषयमा वादबिवाद प्रतियोगिता गराईएको थियो ।

जसमा अंग्रेजी भाषामा समृद्धि तिवारी प्रथम, अन्नपुर्ण चौहान द्वीतीय र मुस्कान सर्राफ तृतीय भएको संयोजक सर्राफले जनाए ।

त्यस्तै कक्षा ५ भन्दा तल विभिन्न सामुदाय निर्माण गतिविधिहरु सम्बन्धित क्रियाकलापहरु गराईएको थियो । त्यस्तै नर्सरीदेखि कक्षा युकेजी सम्मका बिद्यार्थी बीचमा नृत्य प्रतियोगिता गराईएको बिद्यालयले जनाएको छ ।

त्यस्तै इक्छुक विद्यार्थीहरूलाइ फोटोग्राफी, मियुजिक, नृत्य र कला सम्बन्धित कार्यशालाहरु पनि दिइएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानअध्यापक डा. यादवले पढाई संगसंगै बिद्यार्थीहरुलाइ यस्ता क्रियाकलापहरुमा भाग लिए तिनीहरुमा नेतृत्व बिकाश हुने बताइन र हाउस लिडरहरुलाई धन्यवाद दिंदै अन्य विद्यार्थीहरुलाई पनि यस्तो कार्यक्रमहरुमा भाग लिन आग्रह गरिन ।

कार्यक्रममा विद्यालयका शिक्षकहरू सोनाला यादव, राजु यादव, महेश गुप्त, मुकेश मिश्रा, सरिता थापा लगायतको उपस्थिति रहेको थियॊ ।