निर्माण व्यवसायी संघद्धारा पत्रकार सम्मेलन

135

वीरगंज १७ भदौ ।
नेपाल निर्माण व्यवसायी संघ पर्साको भाद्र २४ र २५ गते हुन लागेको निर्वाचनको लागि निर्वतमान अध्यक्ष मोहन यादवको नेतृत्वमा रहेको व्यवासायीहरुले आफनो उम्मेदवार घोषणा गरेका छन । मधेशी पत्रकार समाज पर्साद्धारा आज वीरगंजको होटल सम्झानामा भएको पत्रकार सम्मेलनमा भदौ २४ र २५ गते वीरगंजमा हुने १४ औं अधिवेशनमा अध्यक्ष मोहन प्रसाद यादव, प्रथम उपाध्यक्ष मजहर आलम,दितिय हिरालाल प्रसाद कुर्मी,सचिव मुन्नाnirmanमेहता (महेन्द्र),सह सचिव सुभाष पटेल , कोषाध्यक्ष राजेश्वर रौनियार,सह कोषाध्यक्ष, महताब अहमदले उम्मेदवारी दिएको घोषणा गरिएको छ । त्यसैगरि सदस्यहरुमा पारस ठाकुर पवन सर्राफ,प्रेम सरार्फ, राजु पटेल,सूर्य कोइराला,पन्नालाल प्रसाद यादव, सहमद मिया धोबी,विजय साह कानु, समसाद अलि अंसारी, र सदस्यमा श्रीमती आशा देवी तीवारीको उम्मेदवारी रहेको संघका पुर्व अध्यक्ष रमेश पाण्डेले जानकारी दिए । कार्यक्रममा संघका पुर्व सल्लाहकार जहुर आलम र सिंघासन साह कलवार,पूर्व कोषाध्यक्ष राजदेव बरई, निर्माण व्यवसायी ज्ञानेन्द्र मिश्र,जलेआलम लगायत निमार्ण व्यवसायी संघका पदाधिकारी सदस्य तथा पूर्व पदाधिकारीहरुको उल्लेखनिय सहाभगियता रहको थियो । रमेश पाण्डेले घोषित मोहन यादव अध्यक्ष रहेको टिमलाई अत्याधिक मतले जिताउन समेत व्यवसायी साथीहरुलाई विशेष आग्रह गरेका छन । कार्यक्रम संस्थाका अध्यक्ष श्रवण साहको अध्यक्षतामा भएको थियो ।